काठमाडौं महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने

काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औपचारिक जानकारी गराएकी हुन् । 

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ताभित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिएकी छिन् । 

महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दा पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटक–पटक दोहार्याइन् । उनले भनिन््, ‘महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरुपण गरिन्छ । अब वडा वडामा एक हप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु ।’

काठमाडौं महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नुपरेको बताइन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १८:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया