शिक्षा नेपालले रिडिङ मेलाको आयोजना गर्ने

काठमाडौँ– नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले ‘नेशनल रिडिङ मेला ३– नेपाल पढ्दै छ’ को आयोजना गर्ने भएको छ ।

सन् २०१७ देखि नेशनल रिडिङ्ग मेलाको आयोजना गर्दै आइरहेको शिक्षा नेपालले ‘पढाइको आनन्द मनाऔँ’ भन्ने नाराका साथ माघ २६ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा मेलाको आयोजना गर्ने भएको हो ।  

 'नेसनल रिडिङ मेला ३- नेपाल पढ्दैछ’ मा एक दर्जन लेखक, विश्लेषक तथा विचारकहरूसँग पठन संस्कृतिलाई जोडेर विभिन्न विषयमा छलफल तथा बहस हुनेछ ।  

त्यसका अलवा मेलामा हुने साहित्यिक तथा सांगीतिक प्रस्तुतिले मेलालाई थप अर्थपूर्ण र रोमाञ्चक पार्नेछन् । उक्त मेला बिहान ९ बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चल्नेछ ।     





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार ११:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया