इस्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट

इस्टर्न हाइड्रोपावर लिमिटेडले २८ असोजदेखि २ कात्तिकसम्म खुला गरेको साधारण शेयर (आइपिओ) बाँडफाँट गरेको छ । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको आइपिओ ६२ हजार ३ सय २९ जनाले १०/१० कित्ता र ९ जनाले ११/११ कित्ताका दरले पाएका छन् ।   

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्ट बाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले स्थानीयलाई बिक्री गर्दा बाँकी रहेको ५० हजार ३ सय १० कित्ता समेत गरी सर्वसाधारणका लागि ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्कासन गरेको हो ।  

 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ९:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया