बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कोल्टीबाट मार्तडी जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्बरको जिप बुढीनन्दा नगरपालिका–५ तारुखोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

घाइते हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ वर्षीया सुकिली बोहरा, वडा नम्बर–९ का २७ वर्षीय हिक्मत सार्की, वडा नम्बर ६ की ३५ वर्षीया पेमा लामा, वडा नम्बर ४ की ३५ वर्षीया सुलोचना जैशी, जगन्नाथ गाँउपालिका–४ का ३५ वर्षका राजु भण्डारी र ६० वर्षीय वृद्ध पदमबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते ९ जनामध्ये सुकिली बोहराको अवस्था गम्भीर छ। सबै घाइतेको स्वास्थ्य उपचार कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २०:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया