‘गृहमन्त्रीज्यू निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमै छन् हो ?’

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको हत्याको अनुसन्धान जारी रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले अनुसन्धान जारी रहेको बताएका हुन् । 

गृहमन्त्री थापासँग नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमै लुकेका छन् हो गृहमन्त्रीज्यू भनेर प्रश्न गरेकी थिइन् । प्रश्नको जवाफमा गृहमन्त्रीले थापाले भने, ‘अनुसन्धान जारी छ । सरकार गम्भीर पनि छ । अनुसन्धानमा लापरबाही गर्ने प्रहरीहरूलाई कारबाही गरेका छौँ ।’ गृहमन्त्री थापाले अपराधमा संलग्न जोसुकै भए पनि नछाडिने बताए ।  

त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसके भनेर सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबारे सांसद गगन थापाले सरकारसँग जवाफ माग गरे । गगनकोे प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘यसबारे मलाई जानकारी छैन । यदि उहाँले त्यसो भन्नुभएको रहेछ भने त्यो छिट्टै पत्ता लाग्छ भन्ने आशयले होला । रक्षामन्त्रीको विषय गृह मन्त्रालयको धारणा होइन ।’ 

प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ४१ बमोजिम सांसद–मन्त्री प्रश्नोत्तरको कार्यसूची राखेको थियो । गृह मन्त्रालयसँग सम्बन्धित शान्ति सुरक्षाको विषयलाई लिएर कांग्रेसका तीन र नेकपाका एक सांसदले प्रश्न सोधेका थिए ।  





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १५:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया