प्रचण्डको निर्वाचन क्षेत्रबाट चुनावी अभियान सुरु गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलिदेखि चुनावी अभियान सुरु गर्ने भएको छ । राप्रपाका अनुसार चुनावी अभियान गोरखाको पालुङटारबाट सुरु गरिने भएको हो ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको क्षेत्र गोरखा २ बाट राप्रपाले चुनावी अभियान गर्न लागेको हो । 

गोरखा–२ मा राप्रपाबाट सुशील पन्त प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन शनिबार पालुङ्टारमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको छ ।

शनिबार नै लिङ्देन नवलपुर र नवलपरासी पुगेर त्यहाँ चार वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार ८:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया