तीन वर्षमा थपिए ५० करोड फेसबुक युजर, नक्कली अकाउन्ट तीन गुणा बढ्यो

एजेन्सी– सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको संख्या २ सय ३२ करोड पुगेको छ । केही समयअघि सार्वजनिक रिपोर्टअनुसार पछिल्ला तीन वर्षमा ५० करोडभन्दा बढी फेसबुक युजर थपिएका छन् । तर, यो अवधिमा नक्कली अकाउन्टको संख्या पनि तीन गुणा बढेको छ । 

कम्पनीका अनुसार तीन वर्षमा कम्पनीको प्लेटफर्ममा नक्कली अकाउन्टको संख्या २५ करोडभन्दा बढी भइसकेको छ । 

३ वर्षमा ५० करोडभन्दा बढी प्रयोगकर्ता थपिए

फेसबुकका लागि २०१८ खराब वर्ष बन्न पुग्यो । यस वर्ष कम्पनीले लगातार डाटा चुहावटजस्ता विषयको सामाना गर्नुपर्यो । यद्यपि, फेसबुक प्रयोगकर्ताको संख्यामा भने उल्लेख्य वृद्धि भयो ।

रिपोर्टअनुसार, २०१५ मा प्रयोगकर्ताको संख्या १ सय ५९ करोेड थियो, जुन २०१८ मा बढेर २ सय ३२ करोड पुगेको छ । अर्थात्, तीन वर्षमै कम्पनी ५० करोडभन्दा बढी प्रयोगकर्ता जोड्न सफल भयो । 

११ प्रतिशत नक्कली अकाउन्ट



फेसबुकका २ सय ३२ करोड अकाउन्टमध्ये ११ प्रतिशत ‘नक्कली अकाउन्ट’ छन् । कुनै प्रयोगकर्ताले आफ्नो प्रमुख अकाउन्टबाहेक अन्य अकाउन्ट बनाएको छ भने त्यसलाई नक्कली अकाउन्ट भनिन्छ । 

फेसबुकले यस्तो अकाउन्टलाई दुई वर्गमा विभाजन गरेको छ । पहिलोमा सामान्यतः कारोबार, कुनै संगठनको प्रचारका लागि बनाइएका अकाउन्ट पर्छन् । यसमा फेसबुक पेजका लागि प्रयोग हुने अकाउन्ट पनि पर्छ ।



दोस्रो, यस्तो अकाउन्ट जुन पूर्ण रुपमा नक्कली हुन्छ र कुनै उद्देश्यका लागि बनाइएको हुन्छ । यस्ता अकाउन्टले नियम र सर्तसमेत उल्लंघन गर्छन् । 

दैनिका सक्रिय प्रयोगकर्ता ९ प्रतिशत बढे

फेसबुकका अनुसार संसारभर कम्पनीको दैनिक प्रयोगकर्ता बढ्दै गएका छन् । २०१७ मा कम्पनीको दैनिक प्रयोगकर्ता संख्या १ सय ४० करोड  थियो, जुन २०१८ मा ९ प्रतिशत बढेर १ सय ५२ करोड पुग्यो ।

यो संख्या बढ्नुमा भारत, इन्डोनेसिया, फिलिपिन्सजस्ता देशको भूमिका रहेको फेसबुकले बताएको छ । 

  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १९:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया