विश्वकपमा नेदरल्याण्ड्ससँग हार्‍यो दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेशलाई फाइदा

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध दक्षिण अफ्रिका १३ रनले पराजित भएको छ । आइतबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

उसका लागि रिली रुसोले २५, हेनरिक क्लासेनले २१, कप्तान तेम्बा बावुमाले २०, एडन मार्कम, डेविड मिलरले १७/१७, केशव महाराजल र क्विन्टन डिककले १३/१३ रन बनाए ।

नेदरल्याण्ड्सका लागि ब्रेण्डन ग्लोभरले तीन, फ्रेद क्लासेन, बासडी लीडेले दुई/दुई र पउलभान मेक्रमले एक/एक विकेट लिए । त्यसअघि एडिलेड्स्थित ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि कोलिन एकरम्यानले अविजित ४१, टम कूपरले ३५, स्टेफन माइबर्गले ३७, म्याक्स ओद’उदले २९ र स्कट इड्रवासले अविजित १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई, एडन मार्कम र एनरिक नोर्टजेले एक/एक विकेट लिए । दक्षिण अफ्रिकालाई हराउन सके पनि नेदरल्याण्ड्स सेमिफाइनलमा भने पुग्न सकेन । उसले सुपर–१२ मा पाँचमध्ये दुईमा जित र तीन खेलमा हार बेहोर्‍यो । नेदरल्याण्ड्सले अघिल्लो खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको थियो ।

दक्षिण अफ्रिकाको हारपछि समूह ‘२’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । यदि आज जित हासिल गरेको भए दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गर्ने थियो । तर, यो हारपछि ऊ सेमिफाइनल दौडबाट लगभग बाहिरिएको छ । अब दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न पाकिस्तान र बंगलादेशबीचको खेल रद्द हुनुपर्नेछ ।

यस्तो हुँदा पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाको समान ५ अंक हुनेछ । त्यसो भएमा नेट रनरेटका आधारमा यी तीनमध्ये एक टोलीले सेमिफाइनलमा यात्रा तय गर्नेछ । यदि आजै हुने दोस्रो खेलमा पाकिस्तान र बंगलादेशमध्ये एक विजयी भएमा भने दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा पूर्णरूपमा समाप्त हुनेछ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ९:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया