‘तिम्रो मेरो साथ’ ले गर्‍यो टिकटक प्रतियोगिता घोषणा

आगामी २९ पुसमा रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ ।

निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो । 

फिल्मको यो गीतले युट्युबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्युज पार गरेको थियो । यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ ।

सहभागीले ह्यास रुमालै बाटेर, ह्यास तिम्रो मेरो साथ, ह्यास रमेश एमके पौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ११:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया