शेखर कोइरालाले संकल्पपत्र सार्वजनिक

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संकल्पपत्र सार्वजनिक गरेका छन्। मोरङ क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका काेइरालाले संकल्पपत्र सार्वजनिक गरेका हुन्।

संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि भन्दै उनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।

‘म तपाईंहरूको मतको अपमान हुन दिने छैन, शिर झुक्न दिने पनि छैन, कोइरालाले संकल्पपत्रमा उल्लेख गरेका छन्,'मंसिर ४ गते तपाईंहरूको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ।’ 

उनले आफू उम्मेदवार भएको क्षेत्र मात्र नभई समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन चाहेको बताएका छन्। उनले कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि आफूले लडिरहेको पनि बताएका छन्। 

उनले निर्वाचन क्षेत्रभित्र खानेपानी लगायतको समस्या रहेको उल्लेख गरेका छन्। ती समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। साथै विराटनगर चक्रपथको काम पनि छिटो सक्न पहल गर्ने संकल्प पत्रमा उल्लेख छ।

केशलिया, गछिया, सिंगिया नदी कटान रोक्नका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राख्ने कोइरालाले बताएका छन्।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १५:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया