नक्कली फेसबुकमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुःख दिने सप्तरीका सुमितकुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

उनले फेसबुकमा समिरा शर्मा नामको नक्कली आइडी बनाएर उक्त आइडीको वाल र टाइमलाइनमा पीडितको तस्बिरको साथमा अन्य अपरिचित महिलाको अश्लील तस्बिर राखि पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लील शब्द लेखी पोष्ट गर्ने गरेका थिए । 

यसका साथै उक्त फेक आइडीको म्यासेन्जरबाट पीडितका आफन्तले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लील म्यासेज गरी पीडितको बदनाम, बेइज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार सप्तरीको सुरुंगा नपा वडा नं १ का १९ वर्षीय सुमितकुमार थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडिया सारीको सहयोगमा पक्राउ गरिएको हो ।  

ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार २०:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया