पछिल्लो समय डेंगुको संक्रमण घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगु संक्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगु संक्रमण पनि कम हुँदै गएको छ ।
वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले त्यो संख्या निकै घटेको छ । गत मंगलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म ६२४ जनामा मात्र डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।