गण्डकीमा थप बलियो बन्दै खगराज, एकैदिन डेढ सयभन्दा बढी एमाले प्रवेश

कास्कीमा विभिन्न पार्टीका डेढ सयभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एमाले निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा उनीहरु एमलेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका १ सय ५२ जना नेता–कार्यकर्ता छन् ।

विभिन्न पार्टीका दर्जनौँ कार्यकर्ता एमले प्रवेश गरेपछि कास्कीमा एमालेको संगठन थप बलियो बनेको छ । एमालेले गण्डकी प्रदेशमा पार्टी सचिव खगराज अधिकारीलाई आगामी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । अधिकारी कास्की १ (क)बाट एमालेको प्रत्यक्ष उम्मेदवार छन् ।

छोटो समयका लागि गृहमन्त्री बनेका अधिकारी एमालेभित्रका सालीनमध्येका नेतामा गनिन्छन् । गण्डकी प्रदेशमा एमलेले बहुमत प्राप्त गरेमा अधिकारी नै सो प्रदेशको मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ ।  

सोमबार एमाले प्रवेश गर्नेमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य शंकर गौतम, नेकपा माओवादी रूपागाउँपालिका अध्यक्ष नवराज बराल, नेपाली कांग्रेस केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य तथा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मीना कुमाल, राम गुरुङ, अमृत श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उपसचिव मदन गिरी, वाइसिल जिल्ला सदस्य कृष्ण दाहाल, नेपाली कांग्रेसका नेता तथा पूर्वकर्मचारी गोपाल गोदार, शिवबहादुर गोदार, सन्तोष पाण्डे, अर्जुन पाण्डे, बुद्धिसागर बस्यौला, चन्द्रबहादुर भुजेल, मनबहादुर विकलगायत छन् । 

त्यसैगरी, रतन गुरुङ, कलाकार रक्की गुरुङ, सुस्मिता श्रेष्ठ, मनबहादुर विक, अमृत न्यौपाने, सुशीला श्रेष्ठ, पोखरा १ सिम्पानी मिलनसम्शेर राणा, रुवेण थापामगर, सन्तोष तामाङ, राकेशविक्रम राणा, पूर्ण तामाङ, सागर रानाभाट, बिक्कल तामाङ सविन तामाङ, गणेश परियार, सञ्जय थापा, प्रविण पुन, मनीष तामाङ, ओशिष रानामगर, अनुप पौडेल, सौरव तामाङ, नरहरि पौडेल, श्याम पराजुली, माओवादी केन्द्रका एकबहादुर थापा, भरतबहादुर थापा, टेकप्रसाद तिमिल्सिना, तुलबहादुर भुजेल, मीनबहादुर विक, राजकुमारी भुजेल, चुडामणि विक, सन्तोष विक, अर्जुन विक, राजु विक, रामबहादुर विक, प्रकाश विक, रवीन्द्र विकलगायत पनि एमाले प्रवेश गरेका छन् । 



त्यसैगरी, एमाले  प्रवेश गर्ने अन्यमा भोजराज गौतम, मनोज गौतम, कविराज गौतम, विमला तिमिल्सिना, सुशिल गौतम, सोभित तिमिल्सिना, अजिल नेपाली रामबहादुर विक, ओमबहादुर विक, सूर्यबहादुर विक, महेन्द्र विक, रामचन्द्र विक, तिलक तिमिल्सिना, देवका तिमिल्सिना, कुलप्रसाद गौतम, रामप्रसाद तिमिल्सिना, कमल देवकोटा, नवराज गौतम, सन्देश गौतम, ललिता गौतम, दिपक गौतम,लालबहादुर थापा, सिर्जना गौतमलगायत १ सय ५२ जना छन् । 

सोमबार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा उनीहरु एमाले प्रवेश गरेका हुन् ।



  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार २१:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया