डडेल्धुरा प्रशासनले भन्यो- सागरलाई अवरोध गरिएकाे छैन, सुरक्षा दिन्छौँ

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको स्पष्ट पारेको छ । 
 
ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि प्रशासनले उक्त दाबीको खण्डन गर्दै उनलाई कुनै अवरोध नभएको स्पष्ट पारेको हो ।  

‘निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ,’ प्रशासनको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम प्रचारप्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 

ढकालले सामाजिक सञ्जालमा प्रशासनले चुनावी प्रचारमा अवरोध गरेको बताएका थिए । उनी यसपटकको चुनावमा डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दैछन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ७:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया