टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्यूजिल्याण्ड खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो १ः४५ देखि सिड्नी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । 

पाकिस्तान र न्यूजिल्याण्ड आज जित निकाल्दै विश्वकप फाइनलको यात्रा तय गर्न चाहन्छन् । हालसम्म विश्वकप सेमिफाइनलमा न्यूजिल्याण्डले पाकिस्तानलाई हराउन सकेको छैन । ऊ आज तीतो विगत बिर्सँदै पाकिस्तानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । 

पाकिस्तान भने न्यूजिल्याण्डविरुद्ध आफ्नो जित यात्रा कायमै राख्ने सोचमा छ । हालसम्म पाकिस्तानले एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले सन् २००९ को विश्वकप उपाधि जितेको थियो । न्यूजिल्याण्डले भने अहिलेसम्म विश्वकप उपाधि जित्न सकेको छैन ।  गत संस्करणमा फाइनलमा पुगे पनि न्यूजिल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा उपाधि जित्न चुकेको थियो । 

यसपटक ऊ समूह ‘१’ को समूह विजेताको रूपमा सेमिफाइनलमा पुग्यो । पाकिस्तानले समूह ‘२’ को उपविजेताको रूपमा सेमिफाइनलको यात्रा तय गरेको हो । जारी विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार हुनेछ । दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्ने छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ७:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया