लाओसमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको  सङ्ख्या  ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मंगलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा  बताएको छ । 

सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था प्रान्तमा ४ हजार ३५६ र अटापेउ प्रान्तमा १ हजार ५ सय ७१ जनामा भेटिएका छन् ।

 लाओ स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी विधिको रूपमा पाँचवटा सरल उपायहरू सुझाव दिएको छ जुन यस क्षेत्रभरका घरपरिवारले अभ्यास गरिरहेका छन् ।

यी उपायहरूमा सबै प्रयोग नगरिएका कन्टेनरहरू बन्द गर्ने र सिल गर्ने, सबै पानीका भाँडाहरू बाहिर खुला नराख्ने, घर वरिपरि सफा राख्ने र  साना गप्पी माछाहरू राख्ने जसले लामखुट्टे खाने गर्छन् ।   





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ८:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया