प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई तत्काल राहत वितरण, घाइतेको उपचार र उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
साथै, प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारमा समवेदना प्रकट गरेका छन् । गएराति खप्तड क्षेत्र केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी डोटीको पूर्वचौकीमा ६ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ का अधिकांश घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।