भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको   भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र संघीय सरकारसँग अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गएराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अरू ६ जना घाइते भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १२:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया