बसुन्धरामा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु

काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्‍यु भएको छ ।

बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका–९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका–५ वर्षीय कल्पना राना मगर रहेका छन् ।

प्रहरीले ना८ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार २०:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया