मन्त्रिपरिषद् निर्णय : घडेरी नहुने भूकम्पपीडितलाई घर बनाउन वन क्षेत्र दिने

काठमाडौं– सरकारले भूकम्पप्रभावितलाई घर बनाउन वन क्षेत्र दिने भएको छ ।

बिहीबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफ्नो जग्गामा घर बनाउन उपयुक्त नभएका भूकम्पप्रभावितलाई वन क्षेत्रमा बस्न दिने गरी कार्यविधि ल्याइएको जानकारी दिए । 

भूकम्पप्रभावितको पुनर्वास तथा स्थानान्तरणका लागि वनक्षेत्रको जग्गा उपलब्ध गराउनेसम्बन्धी पहिलो संशोधन कार्यविधि केही दिनअघि बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । 

‘आफ्नो थातथलोमा अब घर बनाउन मिल्दैन, अन्यत्र बनाउन पनि ठाउँ छैन भने वनक्षेत्रमा बनाउन पाइने भन्ने हो,’ मन्त्री बाँस्कोटाले भने ।

मन्त्री बाँस्कोटाले भूकम्पप्रभावितलाई छानोभित्र ल्याउने सरकारको नीतिअनुसार यो कार्यविधि ल्याएको बताए । उनका अनुसार वन क्षेत्रमा घर बनाउन दिँदा वन क्षेत्र नघट्ने गरी हैसियत बिग्रेको वन क्षेत्र मात्र दिइनेछ ।





  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १८:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया