विश्वकप सेमिफाइनलमा भारत र इंग्ल्याण्डको भिडन्त आज

अस्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकप सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड खेल्दैछन् । भारत–इंग्ल्याण्डबीचको सेमिफाइनल खेल दिउँसो १ः४५ देखि एडिलेड ग्राउन्डमा सुरु हुनेछ । आजको खेलमा दुवै टोली पूरा तयारीका साथ मैदान उत्रँदै छन् । 

निकै महत्वपूर्ण यो खेलमा दुवैको लक्ष्य जित हासिल गर्दै फाइनल पुग्नु हुनेछ । हालसम्म भारत र इंग्ल्याण्डले एक/एकपटक टी–२० विश्वकप जितेका छन् । यी दुवै टिम यसपटक दोस्रोचोटि विश्वकप ट्रफी जित्ने दाउमा छन् ।

राम्रो लयमा रहेकाले भारत र इंग्ल्याण्डबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । आजको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ८:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया