चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेसनबाट हेर्न मिल्ने

नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेसनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकेको उनको भनाइ छ । 

अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टीका निधारमा लगायत चलचित्र राखिसकेको र चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएको बताए । नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेसनबाट सहयोग पुगेको उनले बताए । 

नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने अभिनेता लामिछानेले बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रबार)बाट चल्नेछ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १८:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया