सुनसरी एमालेले १० नेता–कार्यकर्तालाई पार्टीबाट निकाल्यो

नेकपा एमाले सुनसरीका १० नेता–कार्यकर्ता कारबाहीमा परेका छन् । एमले सुनसरीले पार्टी निर्णयविरुद्ध गएको भन्दै प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित जिल्ला स्तरका १० जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो।

कार्कीसहित, उद्धव श्रेष्ठ, खगेन्द्र मेयांग्बो, नारायण भट्टराई, घनश्याम तिम्सिना, हरिहर प्यारा श्रेष्ठ, हरि तमाङ, राजकुमार राई, ठाकुरबहादुर कार्की र पहलमान बस्नेतलाई कारबाही गरिएको एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।

सुनसरीको क्षेत्र नम्बर १ मा एमालेले जसपाका अशोक राईलाई उम्मेद्वार बनाएको छ । राईलाई उम्मेदवार बनाएको भन्दै स्थानीय नेता कार्यकर्ताले असन्तुष्टि पोखेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार २१:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया