बारको आरोपको खण्डन गर्दै अख्तियारले भन्यो– अदालतप्रति अनास्था फैलाउने विषय कल्पना पनि गर्न सकिन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बार एसोसिएसनको आरोपको खण्डन गरेको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरेर अख्तियारले अदालतप्रति अनास्था फैलाएको आरोप लगाएको थियो । 

अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट मुद्दाको विपक्षमा भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । अख्तियारको सो असन्तुष्टिलाई बारले ‘अख्तियारको अभिव्यक्ति स्वतन्त्र न्यायापालिकाविरुद्ध भएको’ आरोप लगाएको थियो । 

बिहीबार बेलुकी अख्तियारले विज्ञप्ति जारी गर्दै अदालतप्रति अनास्था फैलाउने विषय कल्पनासमेत गर्न नसकिने प्रस्ट पारेको छ । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसै सन्दर्भमा चालू आर्थिक वर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९–०७–२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्यलाई सोविपरित सार्वजनिक निकायहरुबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अख्तियारले अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझैँ अविचलित रहने प्रस्ट पारेको छ । 

आयोगबाट मिति २०७९–०७–२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिन अख्तियारले सम्बन्धित सबैमा आग्रह गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार २२:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया