राप्रपाको नेतृत्वमा सरकार बने अर्थतन्त्र सुधार गर्छौँ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने अर्थतन्त्र सुधार गर्ने बताएका छन् ।

बिहीबार मकवानपुरको बकैया–४ जुरेलीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै देशमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पछिल्लो पाँच वर्षमा प्रतिनिधिसभामा एक्लै भए पनि राष्ट्रियता र जनताको हितमा वकालत गरेको बताए । देश बचाउने अभिभारा अब जनताको काँधमा आएको उनको भनाइ छ । 

लिङ्देनलेले सबै राजनीतिक दल एकातिर र राप्रपा अर्को तिर रहेको भन्दै बताउँदै राप्रपाका उम्मेदवारलाई मतदान गरी देश बचाउन आग्रह गरे ।

राप्रपा जनजातिप्रति अनुदार छ भनेर भ्रम फैलाइएको बताउँदै उनले आफू जनजाति कै छोरा भएको र जनताले पत्याए प्रधानमन्त्री भएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।  





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ७:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया