कम्युनिष्ट आन्दोलनको सिद्धान्त परिवर्तन र रूपान्तरणमा पनि लागू गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादबाट जनताले न्याय, समानता र समृद्धि प्राप्त गर्न सक्ने मान्यता राख्ने कम्युनिष्ट पार्टीहरू एकता हुने क्रम जारी रहेको बताएका छन् ।

बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्तालाई एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्ने क्रममा नेपालले उद्देश्य, लक्ष मिल्नेहरू क्रमशः एकीकृत हुँदै गएको पनि बताए । उनले नेपाली जनतालाई सबैखाले अन्याय, अत्याचार, गरिबी र पछौटेपनबाट मुक्त गरी राष्ट्रप्रतिको समर्पण भाव जगाउनु वर्तमानको आवश्यकता भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अबको कम्युनिष्ट आन्दोलन सिद्धान्तमा मात्र नभएर व्यवहारमा नै परिवर्तन र रूपान्तरणको आवश्यकता भएको बताए ।

कम्युनिष्ट सरकारले मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ताको सुरुआत गरेको बताउँदै उनले आफ्नै नेतृत्वको सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा वितरणको कार्य गरेकाले यस्ता सामाजिक रूपान्तरणको काम नेपालको इतिहासमा नै अहिलेसम्म कम्युनिष्ट सरकारले गरेको दाबी गरे । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ७:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया