विश्वकपका लागि अर्जेन्टिनी टोली घोषणा

नाेभेम्बर २० बाट कतारमा सुरू हुने फिफा विश्वकपका लागि उपाधि दाबेदार मानिएकाे अर्जेन्टिनाकाे टाेली घाेषणा भएकाे छ । लियाेनल मेस्सीको कप्तानीमा शुक्रबार घोषित २६ सदस्सीय टोली घाेणा भएकाे हाे ।

टाेलीमा चोटसँग संघर्षरत फरवार्डद्वय एन्जल डि मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ । समूह ‘सी’मा रहेकाे अर्जेन्टिनाले २२ नाेभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकपकाे सुरूवात गर्नेछ ।

अर्जेन्टिनी टाेली
गोलकिपर:
एमिलियानो मार्टिनेज (एस्टन भिल्ला),फ्रान्को अरमानी (रिभर प्लेट),जेरोनिमो रुल्ली (भिल्लारियल)

डिफेन्डर: गोन्जालो मोन्टिएल (सेभिया),नाहुएल मोलिना (एटलेटिको मड्रिड),जर्मन पेजेला (रियल बेटिस),क्रिस्टियन रोमेरो (टोटेनहम हटस्पर),निकोलस ओटामेन्डी (बेन्फिका),लिसान्ड्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड),जुआन फोयथ (भिल्लारियल),निकोलस ट्यागलिया
 (ओलम्पिक लियोनाइस),मार्कोस अकुना(सेभिया)

मिडफिल्डर: लिआन्ड्रो परेडेस (युभेन्टस),गुइडो रोड्रिग्वेज (रियल बेटिस),एन्जो फर्नान्डेज (बेन्फिका), रोड्रिगो डे पाउल (एटलेटिको मड्रिड), एक्सक्विएल पालासियोस (बायर लेभरकुसेन),अलेजान्ड्रो गोमेज (सेभिया),एलेक्सिस म्याक एलिस्टर (ब्राइटन )

फरवार्ड: लियोनेल मेस्सी (पेरिस सेन्ट जर्मेन),पाउलो डिबाला (एएस रोमा),  एन्जल डि मारिया (युभेन्टस),निकोलस गोन्जालेज (फियोरेन्टिना),जोकिन कोरिया (इन्टर मिलान),लाउटारो मार्टिनेज (इन्टर मिलान),जुलियन अल्भारेज (म्यानचेस्टर सिटी) 
 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार ७:४८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया