मुम्बई विमानस्थलमा शाहरुखलाई एक घण्टा सोधपुछ

बलिउड अभिनेता शाहरुख खानलाई कस्टम विभागले मुम्बई एअरपोर्टमा शुक्रबार राति एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छाडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो ।

समाचारअनुसार लाखौँ मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महँगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्युटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।

शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए । रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौँ रुपैयाँको घडी फेला पारेको थियो ।

यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा झोलाबाट विभिन्न महँगा ब्राण्डका घडीसँगै घडीका खाली बट्टा भेटिएका थिए । कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैयाँ निकालेको थियो । यी घडीको कर तिर्न उनीहरुलाई आग्रह गरिएको थियो ।

त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैयाँ कस्टम शुल्क तिरेका थिए । यसको बिल रविकै नाममा बनेको छ । रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन् । सबै प्रक्रिया पूरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छाडेको थियो ।

यसअघि शाहरुखलाई अमेरिकाको विमानस्थलमा पटक–पटक सोधपुछ गरिएको समाचार आउने गरेको थियो । तर, यसपटक उनी आफ्नै देशको मुम्बई एयरपोर्टमा केरकारमा परे । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १५:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया