भक्तपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखालका सन्दीप बस्नेतको मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कोटेश्वरबाट सल्लाघारी जाँदै गरेको बा ६ च ८१५ नम्बरको कारले भक्तपुरबाट फर्किंदै गरेको बा २८ प ७३९२ नम्बरको बाइकलाई ठक्कर दिएको हो । 

मोटरसाइकल चालक बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो । कार चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १९:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया