कतारमा २२ औं संस्करणको फिफा विश्वकप सुरु हुन सात दिन मात्र विगतका विश्वकपमा भन्दा यस पटकको विश्वकपमा दर्शकहरूले धेरै नै भिन्नता महसुस गर्न पाउनेछन् ।
र ती मध्यकै एक हो महिता रेफ्रीले खेल सञ्चालन गर्नु । विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे ।तर यस पटकको विश्वकपमा भने महिला फिफा रेफ्रीले पनि खेल सञ्चालन गर्ने भएका छन् ।
कतार विश्वकपका लागि छनोट भएका ३६ फिफा रेफ्रीको सुचीमा तीन महिला फिफा रेफ्रि पनि अटाएका छन् । पहिलोपटक विश्वकपका खेल सञ्चालन गर्न पाउनले भाग्यशाली महिला रेफ्रिहरु हुन् फ्रान्सकी स्टेफनी फ्रापार्ट जापानकी यामाशिता योशिमी र रुवान्डाकी सलिमा मुकानसांगा छनोट भएका छन् ।
स्टेफनी फ्रापार्ट
फ्रान्सकी स्टेफनी फ्रापार्ट आगामी विश्वकपका लागि सूचीकृत फिफा रेफ्रिहरु मध्ये सबैभन्दा लोकप्रिय मानिन्छिन् । ३८ वर्षीया स्टेफनीको यहाँ सम्म आइपुग्दाको सङ्घर्ष भने सहज थिएन ।
२०१९ मा फ्रान्समै भएको युइएफए सुपर कपको फाइनलमा अफिसियल रहेकी उनले २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला फिफा रेफ्रि बनेर इतिहास रचे
की थिइन् । त्यस्तै,यही वर्ष पोका डेल फ्रान्सको फाइनल खेलमा पनि उनले रेफ्रीको भूमिका निवार्ह गरेकी थिइन् ।
उनले विश्वको सर्वश्रेष्ठ महिला रेफ्रीको पुरस्कार जितेकी छन् । पुरुष विश्वकपमा महिला फिफा रेफ्रिहरूको उपस्थितिले बलियो सन्देश दिने स्टेफनी बताउँछिन् ।
यामाशिता योशिमी
जापानकी ३६ वर्षीया यामाशिता योमिशीले सन् २०१९ मा फ्रान्सले आयोजना गरेको महिला विश्वकपमा फिफा रेफ्रीको भूमिका निभाएकी थिइन् ।
त्यस्तै, उनले सन् २०२० को ओलम्पिक प्रतियोगितामा संयुक्त राज्य अमेरिका र स्विडेनबिचको खेल खेलाएकी थिइन् । यामाशिता एएफसी च्याम्पियन्स लिगमा मेलबर्न सिटी र जेओनम ड्रागनबीचको खेलमा पनि रेफ्रीको भूमिकामा थिइन् ।
‘मध्यपूर्वमा महिला रेफ्रीको सङ्ख्या निकै कम छ, त्यसैले म त्यो उपलब्धिलाई उत्प्रेरणाको रूपमा लिएको छु,’ यामाशिताले भनिन्, ‘महिलाहरूले पुरुषको विश्वकपमा पहिलोपटक खेल सञ्चालन गर्नु अरू व्यक्तिहरूका लागि महिलाको क्षमता बढ्दै गएको छ भन्ने सङ्केत हो, यो कुरा मैले महसुस गरेको छु ।’
सलिमा मुकनसांगा
रुवान्डाकी सलिमा मुकानसांगाले सन् २०१२ देखि फिफा रेफ्रिको जिम्मेवारी सम्हाल्दै आएकी छन् । तर उनको सपना भने प्रोफेसनल बास्केट बल खेलाडी बन्ने भन्ने थियो ।
‘मलाई बास्केटबल मन पर्थ्यो र यसलाई धेरै करिअरको रूपमा अगाडी बढाउन चाहन्थेँ,’ ३४ वर्षीय मुकानसांगाले भनिन्, ‘तर बास्केटबलको पूर्वाधारमा पहुँच गाह्रो थियो, यसरी मैले फुटबलको रेफ्रिमा रुचि बढाउन थाले । अहिले पुरुष विश्वकपमा रेफ्रीको भूमिका निभाउँदै छु ।’
२०१९को महिला विश्वकप,२०२० मा टोकियो ओलम्पिकमा रेफ्रीको भुमीमा देखिएकी उनले यही वर्षको सुरुमा पुरुष अफ्रिका कप अफ नेसन्सको खेल पनि खेलाएकी थिइन् ।
साथै तीन महिला सहायक रेफ्री पनि विश्वकपका देखिने छन् । ६९ सहायक रेफ्रीमा ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट समेटिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।