भूकम्पका बेला भाग्ने क्रममा लडेका वृद्धको मृत्यु

बैतडीमा शनिबार राति ८ बजेर १२ मिनेट जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ । 

भूकम्पको धक्का महसुस भएका बेला घरबाहिर निस्कँदा घरको सिँढीबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो । 

भूकम्पको धक्का महसुस भएकै बेला आत्तिएर घरबाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । 

मृतक लुहारको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ । 

यस्तै, नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायत संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ । 



शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा ठूलो धक्का महसुस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।



  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार २०:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया