कला क्षेत्रको समस्याबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारहरुसँग छलफल गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले बालुवाटारमा सरोकारवालासँग छलफल गरेका हुन् ।  

कला क्षेत्रको समस्याबारे चासो लिँदै प्रधानमन्त्रीले देउवाले सो क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीपत्नी आरजु राणा (देउवा) को पनि सहभागिता थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुले पछिल्लो पुस्ताका कलाकर्मीहरूसँग भेटघाट गरेर चलचित्र र संगीतसहित समग्र कला क्षेत्रबारे गम्भीर चासो र चिन्ता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

भेटका क्रममा प्रधानमन्त्रीले कला क्षेत्रबारे सरकारीस्तरबाट हुनसक्ने कार्यमा आफ्नो साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार २१:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया