फुलहमविरुद्ध युनाइटेडको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ घरेलु टोली फुलहमविरुद्ध २–१ ले विजयी भएको हो ।

क्रेभेन कटेजमा खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिकसनको गोलमार्फत युनाइटेडले सुरुआती अग्रता लिएको थियो । ६१ औं मिनेटमा डेनियल जेम्सले फुलहमलाई १–१ को बराबरीमा ल्याए ।

थप गरिएको समयमा अलेजान्ड्रो गार्नाचोले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितसँग युनाइटेड १४ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहँदा पराजित फुलहम समान खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ ।

लिगअन्तर्गकै अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पराजित गर्‍यो । 
 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार ७:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया