सुदूरपश्चिममा एक सातामा ५ सयभन्दा बढी पराकम्पन

मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा ५ सय बढी पराकम्प गएका छन् । आइतबार बिहान सम्म ५ सय ३१ वटा पराकम्प गइसकेका भूकम्प मापन केन्द्र सुर्खेका प्राविधिक सहायक राजेश शर्माले बताए ।

डोटी भूकम्पछि शनिबार राति ५ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको छ । बझाङको पाटादेवल केन्द्र बिन्दु बनाएर शनिबार राति ८ बजेर १२ मिनेटमा सो भूकम्प गएको हो । मंगलबार डोटीको गएको भूकम्प मध्यमस्तरको भएकाले पश्चिमी क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको प्राविधिक सहायक शर्माले बताए ।

भूकम्पको कहिले जान्छ भन्ने पूर्वानुमान भने गर्न नसकिने शर्माले बताए । तर, पश्चिमी क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प नगएकाले पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको जोखिम रहेको शर्माले बताए । पश्चिमी क्षेत्रमा ५१७ वर्षदेखि ठूलो भूकम्प नगएकाले शक्ति सञ्चित रहेको शर्माले बताए । पश्चिमी क्षेत्रमा सन् १५०५ मा मुस्ताङ केन्द्रबिन्दु बनाएर ८ दशमलव २ देखि ८ दशमलव ८ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो ।

नेपालको पूर्वी क्षेत्रमा सन् १९१४ मा भूकम्प गएको थियो भने मध्य क्षेत्रमा २०७२ को भूकम्पलाई लिन सकिने प्राविधिक सहायक शर्माले बताए । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पीय जोखिम रहेको शर्माले बताए । 

भूकम्प जुनसुकै बेला पनि जान सक्ने भएकाले यसबाट बच्नका लागि सुरक्षित घरमा बस्नुपर्नेमा उनले जोड दिए । पुराना तथा जीर्ण भएका घरहरू सानोतिनो भूकम्पले समेत क्षति हुने भएकाले सुरक्षित घरमा मात्रै बस्न आग्रह गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार ८:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया