एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामाग्री वितरण

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । गत मंगलबार राति दिपायल केन्द्र विन्दु भएर आएको ५.७ म्याग्निच्युटको भूकम्पको  पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका थिए ।  

जिल्ला विपत् व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) का कार्यकार अध्यक्ष रविना थापाले जानकारी दिए । सो ठाउँमा भूकम्पमा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघहरुसंगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामाग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिए । 

‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघहरुसंगको सहकार्यमा खाद्यान्न लत्ता कपडा आदी राहत हस्तान्तरण गरेको छ । यसले भूकम्पबाट पीडितहरूलाई तत्कालै सानो भए पनि राहत मिल्ने हाम्रो अपेक्षा हो,’ थापाले भने ।

एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो । एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री वितरण गरिएको र यसले भूकम्प पिडीतहरूलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।  ​





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १०:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया