मंसिर २ देखि ४ गतेसम्म देशभरका विद्यालयमा बिदा दिन आयोगको सिफारिस

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तीन दिन विद्यालयमा बिदा गर्न सिफारिस गरेको छ ।

मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदानस्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले बिदाका लागि सिफारिस गरिएकाे आयोगले जनाएकाे छ । 

आयोगले निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक बिदा दिन पनि सिफारिस गरेको छ । आयोगले बिदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै बिदाको निर्णय कार्यान्वयन हुने आयोगले जनाएकाे छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १६:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया