बुवाकै अगाडि १९ वर्षीया छोरीको सामूहिक बलात्कार

एजेन्सी– भारतको विहारमा एक युवतीको सामूहिक बलात्कार भएको छ । विहारको किसनगन्ज जिल्लामा १९ वर्षीया युवतीलाई उनकै बुवाको अगाडि ६ जनाको समूहले बलात्कार गरेकाे हाे । 

प्रहरी उपरीक्षक कुमार आशिषका अनुसार कोदिवाडी क्षेत्रमा यो घटना भएको हो । घरमै बसिरहेकाे समयमा ती युवतिमाथि बलात्कार भएकाे हाे । 

जबरजस्ती युवतीको घरमा पसेर ती व्यक्तिले बुवासहित युवतीलाई घरभन्दा आधा किलोमिटर पर सुनसान ठाउँमा लगे । त्यहाँ उनीहरुले बुवालाई डोरीले बाँधेर छोरीलाई बलात्कार गरेकाे पीडितले प्रहरीमा दर्ता गराएको उजुरीमा लेखिएको छ ।

घटनाकाे बारेमाा कसैलाई भने बुवा–छोरी दुवैलाई मार्ने धम्कीसमेत उनीहरुले दिएकाे पीडितकाे भनाइ छ । 

युवती र उनका बुवालाई उपचारका लागि किसनगन्ज सदर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । बलात्कारमा संलग्न ६ जनालाई पक्राउ गर्न कोदीवाडीबाहेक अन्य प्रहरी कार्यालयहरुमा पनि सूचना सर्कुलर गरेको प्रहरीले बताएको छ । 
 





  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार ११:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया