घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धता सबै पूरा गर्छु : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धता कार्यान्वयन गरेर छोड्ने बताएका छन् ।  

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं–५ का जनताले आफूलाई अत्यधिक बहुमत दिएर जिताए एमालेले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरू कार्यान्वयन गर्ने बताए ।

उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरूले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए । उनले २०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा गरेका प्रतिवद्धताहरू सबै पूरा गरेको दाबीसमेत गरे ।

‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताहरूको नेकपा एमालेका उम्मेदवाहरूप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा जे प्रतिवद्धताहरू जनाएको थिए । ती प्रतिवद्धताहरू अनुरूप सबै काम गर्‍यौं । काठमाडौं–५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिवद्धताहरू कार्यान्वयन गरेर जाने छौँ,’ पोखरेलले भने ।
  





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार ९:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया