पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैन : कुन्ती पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताएकी छन् ।  | मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन् ।

राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन् ।

‘मेरो प्रमुख एजेन्डा भन्नु नै राष्ट्र, राष्ट्रियता र युवा शक्तिका लागि हो । युवा वर्गहरू विदेश पलायन हुनुपर्ने बाध्यता छ, त्यसलाई रोक्नका लागि पनि हो । म यहाँ डुल्दा विकास नभएको पाएँ । कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो छ । कागेश्वरी भित्र सडकमै ढल छ । चार लेनको बाटोमा सवारी चल्दैनन् । यो क्षेत्रमा बजेट कति आएको छ त्यो हेर्न मन छ । पहिलो काम मेरो फाइल पल्टाएर यो क्षेत्रका जनताको लागि आएको बजेट हेर्ने काम हुनेछ,’ पोखरेलले भनिन् । 

उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं–२ क्षेत्रमा विकासले गति लिन नसकेको बताइन् । पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको बताइन् । उनले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाइन् ।

‘बजेट आएको र दुरुपयोग भएको पाए भने कारबाहीको लागि मैले सिफारिस गर्छु । बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु । यो क्षेत्रमा विकासको जिम्मेवारी म लिन चाहन्छु । पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा विकास नगरेको अनुभव हामीसँग छ,’ पोखरेलले भनिन् ।  

उनले काठमाडौं–२ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताइन् । पोखरेलले काठमाडौं–२ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरूसँग आग्रह गरिन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १२:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया