गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।
पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी मंगलबार बर्खास्त भएका हुन् ।
यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका खड्का उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए ।
यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य पनि बर्खास्त भएका थिए ।
हरिशरण आचार्यः प्रचण्डविरुद्ध भोट मागे, गण्डकीका मुख्यमन्त्रीले मन्त्रीबाट बर्खास्त गरे
आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ : मुख्यमन्त्री पोखरेल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।