प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको शान्ति र समृद्धिका लागि गठबन्धनलाई विजयी गराउन सुर्खेतका मतदातासँग आग्रह गरेका छन् । गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताउँदै देउवाले यस्ताे आह्वान गरेका हुन् ।
मंगलबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध गठबन्धन आवश्यक रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीको गोलभित्र अंहकारी रूपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको स्पष्ट पारे ।
अब धोकेबाजसँग कुनै समीकरण नहुने उल्लेख गर्दै प्रचण्डले भने, ‘गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।’
संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी कामका लागि गठबन्धनको आवश्यक रहेको उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।