मैत्रीपूर्ण खेलमा जर्मनीको कठिन जित

जर्मनीले कतार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा कठिन जित हात पारेको छ । उसले गएराति घरेलु टोली ओमानविरुद्ध १–० को कठिन जित हात पारेको छ  । 

सुल्तान काबुस स्पार्ट्स कम्प्लेक्समा जर्मनीलाई जित दिलाउन निकलस फुल्क्रुगले निर्णायक गोल गरे । उनले खेलको ८० औं मिनेटमा काइ हाभर्टेजको पासलाई सदुपयोग गरेका हुन् । 

कतार विश्वकप २० नोभेम्बरबाट सुरु हुनेछ । समूह ‘ई’ मा स्पेन, जापान र कोस्टारिकासँगै रहेको जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्व खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार ७:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया