जनकपुरधामबाट एक ट्रक अवैध मदिरा बरामद

धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मदिरा बिक्रीवितरण निषेध गरेको अवस्थामा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

गाडीलाई रोकेर चेकजाँच गर्दा सो मात्रामा मदिरा बरामद भएको डीएसपी क्षेत्रीले बताए । डीएसपी क्षेत्रीले मदिरा र ट्रकसहित मकवानपुरको मनहरी गाउपालिका–३ बस्ने ३४ वर्षीय चालक निर्मल कुमार रिजाललाई पनि पक्राउ गरिएको जानकारी दिए । 

मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।

प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिका–४ तुल्सियाहीबाट पनि बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको हो ।

गाडी चालक मुखियापट्टी मुसहरनिया–४ बस्ने ३० वर्षीय साहजन यादवलाई प्रहरीले पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १३:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया