वर्तमान सरकारलाई परमादेशी भन्नु ओलीको पराजित मानसिकताको उपज : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउनु पराजित मानसिकताको उपज भएको बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि ओालीले यस्तो लाञ्छना लगाएको नेपालको बुझाइ छ । 

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं–२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको उनले टिप्पणी गरे । 

तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै ०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुटो प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाआरोप छ । जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि उनले आममतदातालाई अपिल गरे । 

‘सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन । यदि संसदमा बहुमत नभएको भए, संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्वीकार गर्ने अवस्था बन्ने थिएन,’ अध्यक्ष नेपालले भने, ‘परमादेशबाट बनेको सरकार भनेर केपी ओली एण्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ । त्यो अत्यन्तै आपत्तिजनक छ । त्यो दूराग्रहयुक्त पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्रै हो ।’

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १५:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया