जुम्लामा निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका –४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतिर गइरहेको भे१च २१८८ नम्बरको जिप दुर्घटना भएको हो ।
गाडी दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीका अनुसार ताम्ति मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन टोली चढेको गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् ।
दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाइते भएका छन् । यसका साथै सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने र एकजना प्रहरी सामान्य घाइते भएको जनाइएकाे छ ।
तातोपानी गाउँपालिका ७ जनजागृति मावि ताम्तिमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपानेसहितको ८ जनाको टोली खटिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।