नवलपरासीमा एक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तर्गत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरी बर्खास्तीमा परेका हुन् । मादक पदार्थ सेवन गरी अस्वाभाविक व्यवहार देखाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत ५६ वर्षीय चौधरीले निर्वाचन सामग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।