काठमाडौं ५ का कांग्रेस उम्मेदवार पौडेललाई अभिनेत्री केकीको शुभकामना (भिडियो)

लोकप्रिय अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नं ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेललाई विजयको शुभकामना दिएकी छिन् । केकीले बिहीबार एक भिडियो सन्देशमार्फत पौडेललाई शुभकामना दिएकी हुन् । 
  
पौडेललाई दाइ सम्बोधन गर्दै केकीले उनमा काठमाडौं क्षेत्र नं ५ले प्रदीप पौडेलजस्तो योग्य उम्मेदवार पाएको बताएकी छिन् । ‘दाइको सालीनता र सकारात्मक सोचको म सधैँ प्रशंसक हुँ । अझ हामीले नेतामा खोज्ने गुणहरु जस्तो युवाको ऊर्जा, राजनीतिक अनुभव, इमानदारी, र दूरदर्शिता यी सम्पूर्ण गुणहरु मैले प्रदीप दाइमा पाएको छु,’ केकीले भनेकी छिन्, ‘विगतका कठिन समयमा पनि दाइका उदाहरणीय कामहरु हामीले अनुभूत गरेकै छौँ । त्यसकारण पनि यसपटक प्रतिनिधिसभामा दाइको बलियो उपस्थिति रहोस् भन्ने कामना गर्दछुु । देश र जनताको हितमा दाइको कदम सदैव अगाडि बढोस्, दाइलाई विजयको अग्रीम शुभकामना !’ 

सो भिडियोलाई सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै पौडेलले लेखेका छन्– धन्यवाद ! लोकप्रिय कलाकार केकी अधिकारी बहिनी यो साथ र समर्थनका लागि ।





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार २२:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया