प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र सार्वजनिक : निर्वाचन आयोग

आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र सार्वजनिक हुने भएको छ ।

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने निर्वाचन आयोगको दाबी छ । 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ । ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ,’ उनले भने ।

थपलियाका अनुसार मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी छ ।   





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार ९:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया