सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट केही युवक पक्राउ परेका छन् । नेपाल र यूएईबीचको एकदिवसीय सिरिजमा ‘बल टु बल’ सट्टेबाजी गरेको आरोपमा केही युवक पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउपर्नेको साथबाट मोबाइल र नगद बरामत भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।