बलात्कार आरोपमा काठाडौंको डिल्लीबजारबाट युवक पक्राउ

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको डिल्लीबजारमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन् ।

प्रधानले ३० भदौ २०७८ देखि विभिन्न स्थानमा र अन्तिमपटक गत १० कात्तिकमा मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ । 

घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १३:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया